BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले कुमारीपाटीमा खोल्यो ‘प्रायोरिटी काउन्टर’, ग्राहकलाई झन्झटरहित चुस्त सेवा दिने

२०७८ मंसिर ५

सानिमा बैंकले कुमारीपाटीमा खोल्यो ‘प्रायोरिटी काउन्टर’, ग्राहकलाई झन्झटरहित चुस्त सेवा दिने
सानिमा बैंकले कुमारीपाटीमा खोल्यो ‘प्रायोरिटी काउन्टर’, ग्राहकलाई झन्झटरहित चुस्त सेवा दिने

काठमाडौं। सानिमा बैंक लिमिटेडले उपत्यकाको कुमारीपाटी (ललितपुर) मा मंसिर ५ गते आइतबारबाट 'प्रायोरिटी काउन्टर' संचालनमा ल्‍याएको छ। बैंकले आफ्ना ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राखेर सेवा दिने गरी यो काउन्टर खोलेको जनाएको छ।

Tata
GBIME

यसअघि यो काउन्टर बैंकको नक्सालस्थित मुख्यालयमै संचालित थियो। ललितपुरमा विस्तार गरिएको यस काउन्टरबाट झन्झटरहित किसिमले विशिष्टिकृत सेवाहरु आफ्ना प्राथमिकताका ग्राहकहरुलाई दिने विज्ञप्तिमार्फत् जनाएको छ।

डेडिकेटेड रिलेशनसिप म्यानेजर राखेर चुस्त र तीव्र सेवा प्रदान गर्नका लागि एक्सक्लुसिभ प्रायोरिटी लाउन्ज डिजाइन गरिएको बैंकको भनाइ छ। काउन्टरको उद्घाटन बैंकका चिफ डिपोजिट अफिसर सरोज गुरागाईं र बैंकका प्राथमिकताका ग्राहकमध्येका एक श्यामकाजी अवालेबाट संयुक्त रुपमा गरिएको थियो।

सानिमा बैंकका हाल देशभरमा ११७ शाखा र ९७ एटिएम काउन्टर संचालनमा छन्।