BIZMANDU
www.bizmandu.com

सिटी एक्सप्रेसद्वारा ५ लखपति विजेताको नाम घोषणा, ‘सिटी आयो लखपति बनायो’ योजना समापन 

२०७८ मंसिर ५

सिटी एक्सप्रेसद्वारा ५ लखपति विजेताको नाम घोषणा, ‘सिटी आयो लखपति बनायो’ योजना समापन 
सिटी एक्सप्रेसद्वारा ५ लखपति विजेताको नाम घोषणा, ‘सिटी आयो लखपति बनायो’ योजना समापन 


काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'सिटी आयो लखपति बनायो' योजनाअन्तर्गत कात्तिक महिनाका पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ। 

Tata
GBIME

योजना अन्तर्गत ५ जनाले जनही एक/एक लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुनका साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बनेका छन्।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७८ को दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने 'सिटी आयो लखपति बनायो' उपहार योजना गत भदौ ३१ मा घोषणा गरेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजनामा लक्की ड्रमार्फत हरेक दिन एक/एक जना गरी ६१ जना विजेताले १०/१० हजार रुपैयाँ उपहार पाएका छन् भने हरेक महिना ५/५ जनाले एक/एक लाख गरी १० जना लखपति बन्न सफल भएका छन्।

कम्पनीका अनुसार 'सिटी आयो लखपति बनायो' अफर असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको थियो। यो अवधिभर सिटी एक्सप्रेसमार्फत देश-विदेशबाट पैसा पठाउने सबै सेवाग्राहीलाई उपहार योजनामा सहभागी गराइएको थियो।

१५ वर्षदेखि छुट्टै पहिचान बनाएर रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको सिटी एक्सप्रेसले संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटीका देशभर १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु छन्। केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटीको विज्ञप्तिमा उल्लेख छ।