BIZMANDU
www.bizmandu.com

वीरगंजमा भाटभटेनीको नयाँ डिपार्टमेन्टल स्टोर खोल्ने तयारी, एक विगाहामा निर्माण कार्य सुरु

२०७८ मंसिर ५

वीरगंज। भाटभटेनी डिपार्टमेन्टल स्टोरको शाखा वीरगंजमा पनि विस्तार हुँदैछ । वीरगंजमा बन्ने डिपार्टमेन्टल स्टोर मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनीको १९ औं शाखाको रुपमा निर्माण कार्य शुरु भएको हो।

Tata
GBIME
Nepal Life

करिब डेढ अर्बको लगानीमा सुविधा सम्पन्न भाटभटेनीको शाखा सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको बुझिएको छ। पछिल्लो ३ महिनादेखि वीरगंज-१४ बहुअरीस्थित सिप्रदीको कार्यालयभन्दा दक्षिणपट्टि टाँसिएकै जग्गा किनेर निर्माण कार्य अघि बढाइएको हो।

अहिले चारैतिरबाट कर्कटपाताले पर्खाल लगाएर जग तथा पानीको बोरिङ लगायत अन्य भौतिक संरचनाको काम शुरु भएको प्राविधिकहरुले बताएका छन्।

डिपार्टमेन्टल स्टोरमा गुणस्तरीय खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्यको सामान,कस्मेटिक सामान, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानलगायतको बिक्री गरिन्छ ।

एकै थलोमा सबै सामान बिक्रीवितरण गर्ने गरी भाटभटेनी सुपर मार्केटले काठमाडौंको विभिन्न स्थानसँगै चितवन, हेटौंडा, धरान, हटहरी, विराटनगर, भैरहवा, बुटवल लगायतका मुख्य  शहरहरुमा १८ वटा शाखा सञ्चालन गरिसकेको छ।