BIZMANDU
www.bizmandu.com

बिजुली, श्रम सस्तो भएकाले आयातभन्दा नेपालमै उत्पादन गर्न अर्थमन्त्रीको ब्यापारीलाई आह्वान

२०७८ मंसिर २

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउनु पर्ने बताएका छन्। 

Tata
GBIME
Nepal Life

काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन्। 

मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए।

मन्त्री शर्माले भने  ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ, फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ।’

अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए। उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। 

कृषि ग्रुपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो। यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताए।