BIZMANDU
www.bizmandu.com

‘रेडमड कफी’ले खोल्यो दशौं आउटलेट विराटनगरमा, अब लगानी गर्न चाहनेलाई फ्रेन्चाइज दिन पनि तयार

२०७८ मंसिर १

‘रेडमड कफी’ले खोल्यो दशौं आउटलेट विराटनगरमा, अब लगानी गर्न चाहनेलाई फ्रेन्चाइज दिन पनि तयार
‘रेडमड कफी’ले खोल्यो दशौं आउटलेट विराटनगरमा, अब लगानी गर्न चाहनेलाई फ्रेन्चाइज दिन पनि तयार

काठमाडौं। स्टार्टअप व्यवसायका रुपमा १० वर्षअघि काठमाडौंको थापाथलीमा पहिलो आउटलेट खोलेर सं‌चालनमा आएको 'रेडमड कफी' व्यवसाय विस्तार गर्दै पूर्वी नेपालको विराटनगरसम्म पुगेको छ। रेडमडले आफ्नो १०औं शाखा विराटनगरमा खोलेको हो। 

Tata
GBIME
Nepal Life

नेपालमा फस्टाउँदै गएको कफी बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट विराटनगरको ट्रफिक चोकमा संचालनमा ल्याएको कम्पनीले जनाएको छ। 

युवा उद्यमी आशिष अधिकारीले सन् २०१२ मा थापाथलीस्थित ट्रेड टावरको परिसरमा रेडमडको पहिलो आउटलेट सुरु गरेका थिए। त्यसलाई विस्तार गर्दै उनले उपत्यकाबाहिर हिमाली जिल्ला मनाङदेखि पश्चिमको धनगढीसम्म सेवा विस्तार गरिसकेको कम्पनीका अर्का संचालक प्रवेश हुमागाईंले बताए।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथलीका साथै नयाँ बानेश्वर, गैरीधारा, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग लगायतका स्थानमा रहेका छन्। रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको हुमागाईंले जानकारी दिए। कफी सपले आफूसँग सहकार्य गर्न चाहने व्यक्तिलाई फ्रेन्चाइज समेत दिने उनले बताए।

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मूख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ।