BIZMANDU
www.bizmandu.com

२७ वर्षमै विनय खड्काले सम्हाले खल्तीको सीईओको कार्यभार,’अहिलेको दायराभन्दा बाहिर लैजान्छु’

२०७८ मंसिर १

२७ वर्षमै विनय खड्काले सम्हाले खल्तीको सीईओको कार्यभार,’अहिलेको दायराभन्दा बाहिर लैजान्छु’
२७ वर्षमै विनय खड्काले सम्हाले खल्तीको सीईओको कार्यभार,’अहिलेको दायराभन्दा बाहिर लैजान्छु’


काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। २७ वर्षीय खड्का नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

'म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लाटफर्ममा परिणत गरी भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु,' खड्काले भने। 

खल्तीका संस्थापक अमित अग्रवालले खड्काको नियुक्तिले कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।  

'खल्ती अहिलेको सन्दर्भमा नवीन, युवामैत्री तथा प्रचलित ब्रान्ड हो जसमा हामी २६ वर्षको औसत उमेरका संख्यामा २३० प्लस छौं। खल्तीमा नयाँ लिडरसँगै कम्पनी नयाँ उचाइमा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं,' अग्रवालले भने। 

खल्ती प्रयोग गरी ६० वटाभन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ। साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, हवाई टिकट, इभेन्ट्सको टिकट खरिद गर्न सकिन्छ। 

त्यसैगरी, होटल रुम बुकिङ, इ-कमर्सको बिल भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्न सकिने कम्पनीले जनाएको छ। खल्तीका प्रयोगकर्ताको संख्या २० लाखभन्दा बढी रहेको बताइएको छ।