BIZMANDU
www.bizmandu.com

विद्युतीय चुल्हो र गाडीमा सरकारले अनुदान दिने, प्रधानमन्त्रीले गरे सार्वजनिक प्रतिबद्धता

२०७८ कात्तिक ३०

विद्युतीय चुल्हो र गाडीमा सरकारले अनुदान दिने, प्रधानमन्त्रीले गरे सार्वजनिक प्रतिबद्धता
विद्युतीय चुल्हो र गाडीमा सरकारले अनुदान दिने, प्रधानमन्त्रीले गरे सार्वजनिक प्रतिबद्धता


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै अनुदान दिने बताएका हुन्।

Tata
GBIME
NLIC

'नेपालमा विद्युत पर्याप्त छ। ब्याट्रीहरुबाट गाडी चलाउन सक्छौं। इलेक्ट्रिक चुल्हो हुन सक्छ,' उनले भने, 'तपाइहरु लाग्नुस्, अनुदान दिन तयार छौं।'

काठमाडौंमा धुवाँ र धुलो बढेकाले काठमाडौंबाट विद्युतीय बस संचालन सुरु गरेर देशैभर विस्तार गर्न सकिने उनको भनाइ छ।

सरकारले उपत्यका संचालन गर्नका लागि ३ सय विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको छ। 'नेपालको विद्युत भारतले किनिदिएन भने के गर्ने? हाम्रो देशको यति धेरै बिजुली छ। भारतले किन्छ भन्ने छैन,' उनले भने, 'नेपालको विद्युत नेपालमै खपत गर्नुपर्छ।' 

स्वच्छ ऊर्जामा नेपाललाई नमुना बनाएर संसारलाई लिड गर्न सक्ने भन्दै त्यसमा लाग्ने इपानलाई आग्रह गरेका छन्।