BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो, इन्धन र उर्जा खर्च घट्दा पनि नाफामा गिरावट

२०७८ कात्तिक ३०

काठमाडौं। सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टको नाफा घटेको छ। कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ।

Tata
GBIME
NLIC

कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।

कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आम्दानी साढे १३ प्रतिशतले बढेर २ अर्ब २१ करोड पुगेको छ।

खर्च भने २३ प्रतिशतले बढेको छ। एक अर्ब ६० करोडको खर्च एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कच्च पदार्थको उपयोग बढेको छ। तर ऊर्जा र इन्धनको खर्च सामान्य भएपनि घटेको छ।

कम्पनीले राम्रो परफर्मेन्स नगरेपछि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई हटाएको छ। प्रमुख कार्यकारी अधिकृतले राजीनामा गरिसकेका छन्।