BIZMANDU
www.bizmandu.com

पाँचतारे होटलसहितको समिट अपार्टमेन्टको इआइए हुँदै, १५ दिनभित्र राय दिन सरोकारवालालाई आग्रह

२०७८ कात्तिक २९

पाँचतारे होटलसहितको समिट अपार्टमेन्टको इआइए हुँदै, १५ दिनभित्र राय दिन सरोकारवालालाई आग्रह
पाँचतारे होटलसहितको समिट अपार्टमेन्टको इआइए हुँदै, १५ दिनभित्र राय दिन सरोकारवालालाई आग्रह


काठमाडौं। समिट अपार्टमेन्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयारीका लागि क्षेत्र निर्धारणका लागि सूचना जारी गरेको छ। करिब ६ अर्ब रुपैयाँमा कुपण्डोलमा बन्ने पाँचतारे होटलसहितको अपार्टमेन्टका लागि समिट होटलले कात्तिक १५ गते आशयपत्र मागेको थियो।

Tata
GBIME
Nepal Life

पुरानो संरचना धमाधम भत्काएपछि समिटले होटलसहितको विलासी अपार्टमेन्ट निर्माण तीव्र बनाएको छ। 'द समिट होटल एण्ड रेसिडेन्सेस्' नाम दिइएको यो परियोजनामा दुईदेखि तीन तलाको बेसमेन्टसहित सिभिल र स्ट्रक्चरसम्बन्धी काम हुँदैछ। 

बेसमेन्टबाहेक १७ तलाको भवन(जी+१७) दुईवटा टावरमा निर्माण गरिने कम्पनीले जनाएको छ। १८ महिनामा यो काम सक्ने लक्ष्य राखिएको छ। समिट होटलको नयाँ संरचना ६ लाख ४५ हजार वर्गफीट हुने बताइएको छ। इआइएका लागि भने ३८,६६२.८४ वर्ग मिटरको फ्लोर एरिया रहने बताइएको छ। 

वातावरण प्रभाव मूल्यांकन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण (स्कोपिङ) गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीबीच कस्तो प्रभाव पर्छ भन्ने बारे लिखित राय माग गरिएको छ। 

सो क्षेत्र पर्ने महानगरपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाहरुलाई १५ दिन भित्र राय सुझाव पेश गर्न आग्रह गरिएको छ। 

यो पनि पढ्नुहोस्:

सानेपाको समिट होटल भत्काइँदै, १८ रोपनीमा पाँचतारे होटलसहित लक्जरियस अपार्टमेन्ट बन्ने