BIZMANDU
www.bizmandu.com

नाडाको टोलीले अर्थमन्त्रीलाई भेट्यो, सरकारले ल्याएको नीतिलाई निरन्तरता दिन आग्रह

२०७८ कात्तिक २८

काठमाडौं। सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव परेको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा नाडाको प्रतिनिधिमण्डलले सवारी साधानको आयातमा शतप्रतिशत बृद्धि भएको भन्दै सरकारका नीतिहरुलाई निरन्तरता दिन आग्रह समेत गरेको थियो।

भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालसहित उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल लगायतले चालु आर्थिक वर्षमा सवारी साधनको आयातमा अझ बृद्धि हुने अपेक्षा गरे।

नाडाका अनुसार आर्थिक वर्ष २०७६\७७ को तुलनामा २०७७\७८ मा सवारी साधनको आयातमा शतप्रतिशत बृद्धि भएको देखिएको छ।