BIZMANDU
www.bizmandu.com

तामाकोसीको सिरानमा ६८ मेगावाटको अर्को आयोजनाको तयारी, हाइड्रो सपोर्टले माग्यो अध्ययन अनुमति

२०७८ कात्तिक २७

तामाकोसीको सिरानमा ६८ मेगावाटको अर्को आयोजनाको तयारी, हाइड्रो सपोर्टले माग्यो अध्ययन अनुमति
तामाकोसीको सिरानमा ६८ मेगावाटको अर्को आयोजनाको तयारी, हाइड्रो सपोर्टले माग्यो अध्ययन अनुमति


काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिरानमा ६८.५ मेगावाटको अर्को आयोजना निर्माण हुने भएको छ।

Tata
GBIME
NLIC

माथिल्लो तामाकोसीको आयोजना स्थल लामबगर र गौरीशंकर प्रभावित क्षेत्र हुने गरी रोल्वालिङ खोला जलविद्युत आयोजना  प्रवर्द्धन गर्न हाइड्रो सपोर्ट कम्पनीले निवेदन दिएको छ।

रोल्वालिङ खोलामा माथिल्लो तामाकोसीले नै २२  मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना पनि निर्माण गर्दै छ। उक्त आयोजनाभन्दा माथि रहने गरी ६८ मेगावाट क्षमताको रोल्वालिङ खोला  आयोजनाको  अध्ययन अनुमति  माग गरिएको हो।

२२ मेगावाटको रोल्वालिङबाट विद्युत उत्पादन गरिसकेपछि निस्कने पानीलाई तामाकोसी  नदीमा मिसाउने  योजना छ। रोल्वालिङ खोला तामाकोसीमा डाइभर्ट भएसँगै माथिल्लो तामाकोसीको पीकिङ क्षमता दुई घण्टा बढ्ने बताइएको छ।

त्यस्तै रुकुममा ३० मेगावाट क्षमताको सानी भेरी जलविद्युत आयोजना निर्माणको लागि सानी भेरी हाइड्रोपावर कम्पनीले पनि अध्ययन अनुमति माग गरेको छ।

सानी भेरी-३ को क्यास्केड आयोजनाको रुपमा रहने यो आयोजना अर्धजलाशययुक्त आयोजना हो। रुकुमको खलंगा र  मुसिकोटमा यो आयोजनाको अध्ययन हुँदै छ। सानी भेरी-३ भने ४९.५ मेगावाटको आयोजना हो। यो आयोजनाको अहिले विस्तृत अध्ययनको काम भइरहेको छ।