BIZMANDU
www.bizmandu.com

कोभिडबाट उठ्दै सिंगापुर एयरलाइन्स, अधिकांश पाइलट काममा फर्किए, उडान तालिका बन्दै

२०७८ कात्तिक २६

कोभिडबाट उठ्दै सिंगापुर एयरलाइन्स, अधिकांश पाइलट काममा फर्किए, उडान तालिका बन्दै
कोभिडबाट उठ्दै सिंगापुर एयरलाइन्स, अधिकांश पाइलट काममा फर्किए, उडान तालिका बन्दै

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुको माग आएसँगै सिंगापुर एयरलाइन्सले आफूसँग भएका जहाज र जनशक्तिलाई काममा फर्काउन थालेको छ माग आएसँगै आफूसँग भएका ७९ प्रतिशत जहाज र सोही अनुसारको जनशक्ति तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

'हामीसँग आवद्ध ९२ प्रतिशत पाइलट र ८६ प्रतिशत क्याविन क्रु काममा फर्किसक्नुभएको छ।' कम्पनीका सिइओले गो चुन फोङले भने,'अहिले हामी ३७ प्रतिशत कोभिड अगाडिकै क्षमतामा आएका छौँ। आउँदो डिसेम्बरसम्ममा हामी ४३ प्रतिशत क्षमतामा संचालनमा आउनेछौँ। अब हामी सहजै कम्फर्ट जोनमा आउन सक्नेछौँ।'

कोभिड-१९ का कारण आर्थिक संकटले गाँजिदै आएको कम्पनी पछिल्लो समय आर्थिक सुधार हुँदै आएको जनाएको छ। सिंगापुर सरकारले कोभिड विरुद्धको खोप लगाएकालाई प्रवेश खुला गरिदिएसँगै यतिखेर बेलायत, अमेरिका, जर्मनी, अष्ट्रेलिया, दक्षिण कोरिया लगायत मुलुकबाट आउने यात्रु आवगमन वृद्धि हुँदै गएको जनाएको छ।

तत्काल चीनतर्फको उडान खला नभएपनि अन्य गन्तब्यमा उडान विस्ता गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

कम्पनीले आउँदो नोभेम्बर अन्तिम साताबाट मलेसिया उडान गर्ने योजना बनाएको छ। यो कम्पनीका लागि मलेसिया कोभिड अगाडिको अति व्यस्त बजार रहेको थियो।

यो कम्पनीले नेपालमा साताको दुईवटा उडान गर्दै आएको छ। दुई दशकपछि गत जुलाईबाट सिंगापुर एयरलाइन्सले नेपालमा नियमित उडान पुनः थालेको हो।

सिल्क सिंगापुरमा गाभिएपछि सिंगापुर एयरलाइन्स नेपाल आउन पुनः सुरु गरेको हो। नेपालका लागि यो कम्पनीको जेनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभल रहेको छ।