BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले पोहोरजति नै घोषणा गर्यो लाभांश, साढे ११ प्रतिशत दिने, पुँजी साढे ८५ करोडले बढ्ने

२०७८ कात्तिक २५

लक्ष्मी बैंकले पोहोरजति नै घोषणा गर्यो लाभांश, साढे ११ प्रतिशत दिने, पुँजी साढे ८५ करोडले बढ्ने
लक्ष्मी बैंकले पोहोरजति नै घोषणा गर्यो लाभांश, साढे ११ प्रतिशत दिने, पुँजी साढे ८५ करोडले बढ्ने


काठमाडौं। लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले यसमध्ये ८ प्रतिशत बोनस सेयर दिने छ भने बाँकी साढे तीन प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

Tata
GBIME
NLIC

बैंकले घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८५ करोड ५६ लाख रुपैयाँले बढ्ने छ। 

बैंकले पोहोर पनि साढे ११ प्रतिशत नै लाभांश दिएको थियो। पोहोर भने नौं प्रतिशत बोनस सेयर दिएको थियो। बैंकले पछिल्लो १० बर्षमा अधिकतम ३८ प्रतिशतसम्म लभांश दिएको छ। बैंकले सत् प्रतिशतसम्म हकप्रद जारी गरेर पुँजी बृद्धि गरेको पनि इतिहास छ।

बैंकले गत बर्ष एक अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।