BIZMANDU
www.bizmandu.com

सरकारले बनायो एसेम्बल उद्योगका लागि मापदण्ड, स्वदेशी कच्चा पदार्थदेखि रोजगारीको ग्यारेन्टी

२०७८ कात्तिक २४

सरकारले बनायो एसेम्बल उद्योगका लागि मापदण्ड, स्वदेशी कच्चा पदार्थदेखि रोजगारीको ग्यारेन्टी
सरकारले बनायो एसेम्बल उद्योगका लागि मापदण्ड, स्वदेशी कच्चा पदार्थदेखि रोजगारीको ग्यारेन्टी

काठमाडौं। उद्योग विभागले मोटरसाइकल एसेम्बल गर्ने उद्योग दर्ताका लागि मापदण्ड बनाएको छ। मापदण्डमा मुख्यतया चार वटा सर्त अघि सारिएको छ।

Tata
GBIME
Nepal Life

विभागले नयाँ एसेम्बल उद्योगका लागी पहिलो वर्षमै ५० जना नेपालीलाई रोजगार दिने देखि पाँच वर्षमा ३० प्रतिशत भ्यालुएड गर्नुपर्ने लगायतका मापदण्ड बनाएको छ।

विभागले बनाएको मापदण्डमा पहिलो वर्ष १० प्रतिशत भ्यालुएड हुनुपर्ने उल्लेख गरिएको छ। यस्तै उद्योगले ५ वर्षमा ३० प्रतिशत भ्यालुएड गरेको हुनुपर्नेछ। यसैगरी पहिलो वर्ष ५० जना स्वदेशीलाई रोजगारी दिनु पर्ने र पाँच वर्षमा २०० जनालाई रोजगारी दिनुपर्ने उल्लेख छ। 

त्यस्तै उद्योग सुरु गरेको ५ वर्षमा कम्तिमा १० प्रतिशत कच्चा पदार्थ स्वदेशीनै प्रयोग गर्नुपर्ने पनि उल्लेख छ। एसेम्बल उद्योगले वातावरणमैत्री र अन्य यातायात सम्बन्धि कानून पनि पालना गरेको हुनुपर्नेछ। 

अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल गर्ने उद्योगलाई अन्तशुल्क शीर्षकमा कर छुट गरेपछि नेपालमा मोटरसाइकल बिक्री गरिरहेका प्राय कम्पनीहरुले एसेम्बल प्लान्ट राख्न सुरु गरिसकेका छन्।