BIZMANDU
www.bizmandu.com

सरकारी खर्चको गति फेरि सुस्त, ४ महिनामा विकास खर्च ४.५७% मात्रै, ढुकुटीमा थुप्रियो ६० अर्ब

२०७८ कात्तिक २४

काठमाडौं। दसैंअघि रफ्तारमा खर्च गरिरहेको सरकारको गति तिहारपछि घटेको छ। दसैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति विस्तारै सुस्त बनेको हो।

Tata
GBIME
NLIC

दसैंअघि बिभिन्न आयोजनालाई निकासासँगै सरकारले तलब-भत्ता निकासामा निकै खर्च गरेको थियो। तिहारपछि खर्चको गति सुस्त छ। खर्चको गति नबढ्दा सरकारी ढुकुटीमा ६० अर्ब रुपैयाँ थुप्रिएको छ। अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना सकिन केही दिन बाँकी रहँदा सरकारले हालसम्म २ खर्ब ७४ अर्ब खर्च गरेको छ।

जसमा चालु शीर्षकमा मात्रै २ खर्ब २० अर्ब खर्च भएको छ। विकास खर्चमा भने उल्लेख्य प्रगति गर्न सकेको छैन। विकास खर्चतर्फ ३ महिना २४ दिनमा २० अर्ब खर्च भएको छ। यो कुल खर्च लक्ष्यको ४.५७ मात्रै हो। 

सरकारले यो अवधिमा कुल प्राप्ति ३ खर्ब ३३ अर्ब गरेको छ। यो कुल प्राप्ति लक्ष्यको २७ प्रतिशत हो। अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतले विकास खर्च गर्ने भने पनि चार महिनामा ५ प्रतिशत पनि कटेको छैन।