BIZMANDU
www.bizmandu.com

१४.३ मेगावाटको माथिल्लो मैलुङले प्रसारणलाइन निर्माण अघि बढायो, ११ किलोमिटर १३२ केभी लाइन बनाउने

२०७८ कात्तिक २४

१४.३ मेगावाटको माथिल्लो मैलुङले प्रसारणलाइन निर्माण अघि बढायो, ११ किलोमिटर १३२ केभी लाइन बनाउने
१४.३ मेगावाटको माथिल्लो मैलुङले प्रसारणलाइन निर्माण अघि बढायो, ११ किलोमिटर १३२ केभी लाइन बनाउने

काठमाडौं। १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाले आफूले बनाउनुपर्ने प्रसारणलाइन निर्माण प्रक्रिया पनि अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

आयोजनाको विद्युतगृह रहेको रसुवाको उत्तरगयादेखि नुवाकोटमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेसनसम्म ११ किलोमिटर लामो प्रसारणलाइन निर्माण हुने छ।

१३२ केभी क्षमताको प्रसारणलाइनमा २८ वटा टावर निर्माण हुने छन्। ३५० मिटरको दुरीमा २६ मिटरदेखि ३६ मिटरसम्म अग्ला टावर निर्माण हुने आयोजनाले जनाएको छ।

उक्त प्रसारणलाइनमा पर्ने राइट अफ वेसहित करिब २० हेक्टर जमिन स्थायी र अस्थायी रूपमा अधिग्रहण गर्नु पर्नेछ। प्रसारणलाइनको केन्द्र रेखादेखि दायाँ बायाँ ९/९ मिटर राइट अफ वे हुनेछ।

माथिल्लो मैलुङ खोलाको निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले १३ मेगावाटको मध्य-मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया समेत सुरु गर्दै छ। यो आयोजना क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न लागिएको हो।

प्रसारणलाइनले रसुवा जिल्लामा उत्तरगया गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ प्रभावित हुने छ। उक्त लाइनले पार्ने कुनै प्रतिकूल प्रभावहरु भए प्रमाणसहित राय सुझाव दिन विद्युत विकास विभागले आग्रह गरेको छ।