BIZMANDU
www.bizmandu.com

अमेरिकामा बेरोजगारी दर बिस्तारै घट्न थाल्यो, राष्ट्रपति बाइडेनले गरे सफलतातर्फ गैरहेको संकेत

२०७८ कात्तिक २०

अमेरिकामा बेरोजगारी दर बिस्तारै घट्दै गएको देखिएको छ। गत गृष्ममा बेरोजगारी दर सोचे अनुसार घट्न नसकेकोमा  अक्टोबर महिनामा ५ लाख ३१ हजार रोजगारी सिर्जना भएको तथ्यांक सार्वजनिक भएको छ।  

Tata
GBIME
Nepal Life

आधिकारिक तथ्यांक अनुसार बेरोजगारी दरमा कमी आउँदै ४.६ प्रतिशतमा झरेको देखिएको हो। पछिल्लो समय कोभिड महामारीको डेल्ट भेरियन्टको नयाँ लहरको संक्रमणसँगै अमेरिकामा गत गृष्म महिनामा बेरोजगारी दर बढ्न पुगेको थियो। बजारमा कामदारको माग बढेपनि नयाँ वेभका कारण कामदारलाई काममा फर्क समसया भएको थियो।

ब्यूरो फर लेबोर स्टाटिक्सका अनुसार अक्टोबर महिनामा निजी क्षेत्रले कामदार नपाउँदा ज्यालादर पनि थोरै बढाएको देखिएको छ। कामदार अभावका कारण निजी क्षेत्रले ज्यालादर प्रतिघण्टा ३०.९६ डलर पुर्याएका छन्।  कामदारको माग बढेपनि पाउन नसकिरहेका कारण कामदारलाई आकर्षित गर्न धेरै निजी कार्यालयहरुले ज्याला  बढाएका हुन्।

यसअघि १ लाख ९७ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएकोमा सेप्टेम्बर महिनामा मात्रै ३ लाख १२ हजार पुगेको तथ्यांकले देखाउँछ। मनोरञ्जन तथा हस्पिटिली क्षेत्रमा रोजगारीमा उल्लेख्य बृद्धि देखिएको छ।

यसैगरी ब्यापार, उत्पादनशील क्षेत्र, यातायात तथा गोदामहरुमा रोजगारी बढिरहको छ।

रोजगारीमा देखिएको बृद्धिलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले सफलतातर्फ छलाङको संकेत भनेका छन्। अनुमान गरेभन्दा तीब्र र बलियो किसिमले रिकभरी भरहेको तथ्यांकले देखाएको भन्दै उनले यसवर्ष बेरोजगारी दर सन् १९५० यताकै सबैभन्दा बढी दरमा घटेको बताए।

तथ्यांकअनुसार डेल्टा वेभबाट अमेरिकी अर्थतन्त्रमा देखिएको गिरावट केही महिनाको निराशलाग्दो तथ्यांकपछि अन्तत बदलिन थालेको छ। हाल मनोरञ्जन तथा हस्पिटालिटी क्षेत्रमा मात्र १ लाख ६४ हजार नयाँ रोजगारी सिर्जना भएका छन्। निजी क्षेत्रले नयाँ कामदार नियुक्ती गर्ने दर बलियो गरी बढिरहेको छ।

अमेरिकामा कोभिड महामारीपछि लाखौं रोजगारी गुमेको थियो। महारमारी अघिको अवस्थाभन्दा अझै पनि कम्तीमा ४० लाख  रोजगारी गुमिरहेकै अवस्था छ।

कोभिडप्रभावित अमेरिकी रोजगारी बजारबाट ठूलो संख्यामा कामदार बाहिरिएका छन् र उनीहरु  कहिले काममा फर्किने हुन् यसै भन्न सकिने अवस्था छैन।