BIZMANDU
www.bizmandu.com

एससीटीको स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुट पाइने

२०७८ कात्तिक १७

एससीटीको स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुट पाइने
एससीटीको स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुट पाइने

काठमाडौं। एससीटीको स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयासम्म क्यासब्याक पाइने भएको छ।

Tata
GBIME

बत्तीसपुतली तीनधारामा रहेको पवन स्वीट्स, कमलादीको सजनगोठ, गंगोर र इन्द्रचोकको स्वस्तिक स्वीट्समा यो छुट पाइने कम्पनीले जनाएको छ।

यो योजना नोभेम्बर ११ सम्म लागु हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार स्मार्ट क्यूआर नेटवर्क सदस्य वालेट आइएमई पे, प्रभु पे, क्यू पे  र ग्लोबल स्मार्ट प्रयोग गरेर भुक्तानी गर्दा मात्रै क्यासब्याक पाइनेछ।