BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त, तीन दशकभन्दा बढि अनुभव

२०७८ कात्तिक १७

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त, तीन दशकभन्दा बढि अनुभव
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त, तीन दशकभन्दा बढि अनुभव


काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन्। बुधबार बसेको संचालक समितिको बैठकले व्यवस्थापकीय नेतृत्व मास्केलाई दिने निर्णय गरेको हो।

Tata
GBIME

चार वर्षे कार्यकाल पुरा गरेर शोभनदेव पन्त अवकाश भएपछि कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा मास्के थिए। उनी तीन महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिए।

मास्केले बैंकको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ। 

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी वित्तीय संस्था व्यवस्थापनको अनुभव छ। 

मास्के बैंक अफ काठमाण्डूको नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनी लम्बिनी बैंकमा पनि नायब प्रमुख कार्यकारी अधिकृत थिए। लुम्बिनी बिओकेमा मर्ज भएपछि उनी यता जोडिएका हुन्।