BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकको खुद ब्याज आम्दानी २४ प्रतिशतले बढ्यो, खुद नाफा ४५ करोड २८ लाख रुपैयाँ

२०७८ कात्तिक १५

काठमाडौं। हिमालयन बैंकले खुद नाफामा २३.७५ प्रतिशतले सुधार गरेको छ। बैंकले खुद नाफा ३६ करोड ५९ लाख रुपैयाँबाट बढाएर ४५ करोड २८ लाख रुपैयाँ पुर्‍याएको छ।

Tata
GBIME
NLIC

बैंकले सोमबार चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। त्यसअनुसार खुद ब्याज आम्दानी १८.३३ प्रतिशतले बढेर एक अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

बैंकले ऋण बिस्तार भने साढे ९ प्रतिशतले गरेको छ। कुल ऋण एक खर्ब ८ अर्ब रुपैयाँ नाघेको छ।

बैंकले स्प्रेड दर ४.७८ प्रतिशतबाट घटाएर २.६४ प्रतिशतमा झारेको छ। स्प्रेडमा उच्च कटौतिका बाबजुत पनि बैंकको खुद ब्याज आम्दानीमा १८ प्रतिशतभन्दा बढीको सुधार देखिएको हो।