BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो, २६२ पुग्यो सेवा

२०७८ कात्तिक १४

ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो, २६२ पुग्यो सेवा
ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो, २६२ पुग्यो सेवा

काठमाडौं। ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकले काभ्रेपलाञ्चोकको दाप्चाबजार र ताप्लेजुङ्गको सिन्वामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

योसँगै बैंकको शाखारहित बैंकिङ सेवा २ सय ६२ पुगेको छ। 

बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहने गरी दाप्चाबजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ्ग शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शाखारहित बैंकिङमा निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने,रेमिट्यान्स सेवा लिने, डिसहोम, सीडीएमए र एनटीसीको महशुल भुक्तानी र मोबाइल रिचार्ज सेवा लिन सक्ने बैकले जनाएको छ।