BIZMANDU
www.bizmandu.com

सेयर बजार लगातार उकालो लाग्यो, आठ कम्पनीको मूल्यमा सर्किट ब्रेकर, नेप्से २८०० माथि

२०७८ कात्तिक १४

सेयर बजार लगातार उकालो लाग्यो, आठ कम्पनीको मूल्यमा सर्किट ब्रेकर, नेप्से २८०० माथि
सेयर बजार लगातार उकालो लाग्यो, आठ कम्पनीको मूल्यमा सर्किट ब्रेकर, नेप्से २८०० माथि


काठमाडौं। लगानीकर्ताको मनोबल फिर्दा सेयर बजार लगातार उकालो लागेको छ। पछिल्लो एक साताभन्दा बढी देखि सेयर बजार सूचक माथि चढ्न थालेको हो। आइतबार यो समाचार तयार पार्दासम्ममा सेयर बजार सूचक नेप्से करिब ४२ अंकले बढिसकेको छ। 

Tata
GBIME
NLIC

यससँगै सूचक पुनः २८०० विन्दुमाथि पुगेर २८२४ मा उक्लिसकेको छ। यस क्रममा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। कारोबार भएकामध्ये १४६ कम्‍पनीका लगानीकर्ताले कमाएका छन् भने १९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

यस्तै, नियमित कारोबार सत्रको डेढ घन्टा बाँकी नै रहँदा साढे चार अर्ब रुपैयाँ हाराहारीको सेयर किनबेच भइसकेको छ।