BIZMANDU
www.bizmandu.com

कृत्रिम अंग वितरणका लागि सांग्रिला बैंकको सहयोग, १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान

२०७८ कात्तिक १३

कृत्रिम अंग वितरणका लागि सांग्रिला बैंकको सहयोग, १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान
कृत्रिम अंग वितरणका लागि सांग्रिला बैंकको सहयोग, १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान



काठमाडौं। अपांगता भएकाहरुको जीवन सहज बनाउन कृत्रिम अंग वितरण गर्दै आएको इनेबल नेपाललाई सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक सहयोग गरेको छ।

Tata
GBIME

आफ्नो १७औं वार्षिकोत्सव पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँ सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रकमको चेक हस्तान्तरण गरे।

वार्षिकोत्सवको साताव्यापी कार्यक्रम शनिबार समापन गर्दै बैंकले सेवा अवधि १० वर्ष पुरा गरेका कर्मचारीलाई सम्मान गरेको छ। बैंकले शनिबारबाटै सांग्रिला रेमिट र आफ्नो १०० औं शाखा सुर्खेतको यारी चोकमा सञ्चालनमा ल्याएको घोषणा पनि कार्यक्रममा गरियो।   

कार्यक्रमलाई बैंकका अध्यक्ष अच्युतप्रसाद प्रसाई, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले सम्बोधन गरेका थिए।