BIZMANDU
www.bizmandu.com

सहारा विकास बैंकलाई प्राप्ति गरेर २८ गतेबाट एकीकृत कारोबार गर्दै गरिमा बैंक, पुँजी ४ अर्ब

२०७८ कात्तिक १३

सहारा विकास बैंकलाई प्राप्ति गरेर २८ गतेबाट एकीकृत कारोबार गर्दै गरिमा बैंक, पुँजी ४ अर्ब
सहारा विकास बैंकलाई प्राप्ति गरेर २८ गतेबाट एकीकृत कारोबार गर्दै गरिमा बैंक, पुँजी ४ अर्ब


काठमाडौं। गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेर कात्तिक २८ गतेबाट एकीकृत कारोबार थाल्ने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत कारोबारका लागि कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको छ।

Tata
GBIME
Nepal Life

गरिमा राष्ट्रियस्तरको विकास बैंक हो। सहारा सर्लाहीमा मात्र रहेको एक जिल्ले विकास बैंक हो। 

गरिमाको सातै प्रदेशमा शाखा सञ्जाल पुगिसकेको छ।  सहाराको सर्लाहीमा ४ शाखा कार्यालय र एउटा एक्स्टेन्सन काउन्टर छ। गत वैशाख १ गतेभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य भए पनि कोरोना संक्रमण फैलिएर लकडाउन गरिएको थियो। यसले गर्दा सबै प्रक्रिया ढिला भएको थियो।

गरिमाको ३ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी छ। गत वर्षको वित्तीय विवरण अनुसार, जगेडा कोषमा एक अर्ब रुपैयाँ छ। 

सहाराको २७ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी छ। जगेडा कोषमा ६ करोड ४३ लाख रुपैयाँ छ। गरिमाले सहारालाई एक बराबर एककै अनुपातमा प्राप्ति गरेको हो। नाम भने गरिमा विकास बैंक रहने छ। प्राप्तिपछि चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ।