काठमाडौं। मेगा बैंक नेपालले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ। योसँगै बैंकको शाखा २ सय १ वटा पुगेको छ।
बैंकले आक्रामक रुपमा बजार विस्तार गर्न शाखा विस्तारलाई तीब्रता दिएको छ।
मेगाले चालु आर्थिक वर्ष १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ। पछिल्लो पुस्ताको भए पनि एकदमै ठूलो व्यापार बिस्तार गर्नेमा मेगा अग्रपङ्तिमा आउँछ।
मर्जर र एक्विजिसनसँगै आफ्नै व्यापार बिस्तारबाट बैंक करिब डेढ खर्बको भइसकेको छ।