BIZMANDU
www.bizmandu.com

मार्क जुकरबर्गले फेसबुक कम्पनीको नाम फेरेर मेटा राखे, ‘मेटा’ को नयाँ लोगो सार्वजनिक

२०७८ कात्तिक १२

फेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीबार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्।

Tata
GBIME
NLIC

 

नाम परिवर्तन गरेपछि लोगो सार्वजनिक गर्दै जुकरवर्गले भने-' लामो समयदेखि  मैले कम्पनीको पहिचानबारे सोचिरहेको थिएँ। भविष्यमा हामी आफूलाई मेटाभर्स कम्पनीका रुपमा चिनिनेछौं भन्नेमा म आशावादी छु।'

आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले नाम फेरेको हो। गुगलले पनि २०१५ मा कम्पनीको नाम अल्फाबेटा राखेको थियो।