BIZMANDU
www.bizmandu.com

द एभरेष्ट होटल काठमाडौंलाई इन्टरनेशनल ट्राभल अवार्ड, ब्यांकेट र वेडिङमा उत्कृष्ट सेवा

२०७८ कात्तिक ११

द एभरेष्ट होटल काठमाडौंलाई इन्टरनेशनल ट्राभल अवार्ड, ब्यांकेट र वेडिङमा उत्कृष्ट सेवा
द एभरेष्ट होटल काठमाडौंलाई इन्टरनेशनल ट्राभल अवार्ड, ब्यांकेट र वेडिङमा उत्कृष्ट सेवा

काठमाडौं। द एभरेष्ट होटल काठमाडौंले इन्टरनेशनल ट्राभल अवार्ड प्राप्त गरेको छ। होटलले ब्यांकेट र विवाह समारोहलाई उत्कृष्ट सेवा दिएका कारण यो अवार्ड प्राप्त गरेको हो।

Tata
GBIME
Nepal Life

होटलमा आयोजना हुँदै आएको ब्यांकेट र विवाहबाट आएको प्रतिक्रियाका आधारमा यो अवार्ड प्राप्त गर्न सफल रहेको होटलका महाप्रवन्धक हेमन्त मेहेताले बताए।

'हामीले इभेन्ट सेवामा ग्राहकले दिनुभएको प्रतिक्रियाका आधारमा यो अवार्ड पाएका हौँ। होटल संचालनमा आएलगत्तै विवाह र ब्यांकेट सेवा सुरु भएसँगै हामीले लिड गर्न सुरु गरिसकेका थियौँ। हामीले दिएको सेवाको आधारमा यो सम्मान पाएका हौं,' महाप्रवन्धक मेहेताले भने।

यो अवधिभर होटलमा नेपाली र भारतीय विवाह आयोजना भएको उनले जानकारी दिए। यो सँगै होटलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना हुँदै आएको छ।

हाल होटलमा कुल १६० कोठा मध्ये ८० वटा कोठा संचालनमा छ। अन्तर्राष्ट्रिय पर्यटक आवगमनसँगै छिट्टै शतप्रतिशत कोठा संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।