BIZMANDU
www.bizmandu.com

भाटभटेनी पुगेर गभर्नरले सम्झिए पुरानो स्टोर, मीनबहादुरले भने- ‘नम्बर वान ट्याक्स पेयर हुन्छौं’

२०७८ कात्तिक ११

भाटभटेनी पुगेर गभर्नरले सम्झिए पुरानो स्टोर, मीनबहादुरले भने- ‘नम्बर वान ट्याक्स पेयर हुन्छौं’
भाटभटेनी पुगेर गभर्नरले सम्झिए पुरानो स्टोर, मीनबहादुरले भने- ‘नम्बर वान ट्याक्स पेयर हुन्छौं’

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकमा जागिरे हुँदा टंगालस्थित भाटभटेनीको सानो पसलमा सामान किनेको स्मरण गरेका छन्। १० बाइ १२ को एउटा कोठाबाट सुरु भएको भाटभटेनी आज देशभर फैलिसकेको छ। 

Tata
GBIME
Nepal Life

अहिले भाटभटेनी १०औं हजार वर्गफिटमा सञ्चालनमा छन्। पुरानो कुरा स्मरण गर्दै गभर्नरले भने- 'म सम्झिन्छु, त्यो बेला हामी बालुवाटार अफिस (राष्ट्र बैंकको) बाट फर्किँदा ब्रेड, बटर, फेन्टा कोक किन्थ्यौं। सानो पसल थियो। आज यत्रो ठूलो बनेको छ। एकदमै खुसी लाग्छ।'

बिहीबार भाटभटेनी सुपरस्टोरमा गभर्नर अधिकारीले क्युआर कोडको उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले पुरानो कुरा सम्झिएका हुन्। भाटभटेनीमा प्रभु बैंकको सहकार्यमा क्युआरबाट भुक्तानी सेवा सुरु भएको छ।

'सानो पसलबाट सुरु भएको भाटभटेनी आज अन्तर्राष्ट्रियस्तरको सुपरस्टोर बनेको छ,' उनले भने, 'कतिपय स्थानमा त पर्यटकीय स्थलसमेत भएको छ। इटहरीको भिडियोहरु सामाजिक सञ्जालमा देख्दा घुम्नका लागि पनि मान्छेहरु भाटभटेनी स्टोर छिरेको देखिन्छ।'

गभर्नरले भाटभटेनी सुपरस्टोरले गरेको प्रगतिको प्रशंसा गरेपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ पनि उत्साहित देखिए। उनले भाटभटेनीको विस्तार नरोकिने भन्दै चाँडै हेटौंडा र वीरगंजमा खोल्ने जानकारी दिए।

उनले देशकै नम्बर वान 'ट्याक्स पेयर' हुने लक्ष्यका साथ अगाडि बढेको बताए। उनले रोजगारी सिर्जना पनि नम्बर एक हुने लक्ष्य रहेको बताए। अहिले भाटभटेनीमा दैनिक ४० हजार बिल काटिने गरेको जानकारी दिँदै कारोबार अझ वृद्धि गरेर राज्यलाई करमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको सुनाए।