BIZMANDU
www.bizmandu.com

सरकारको आम्दानी लक्ष्यअनुसार, ३ महिना ९ दिनमा ३ खर्ब पुग्यो, खर्चको गति भने अझै सुस्त

२०७८ कात्तिक १०

सरकारको आम्दानी लक्ष्यअनुसार, ३ महिना ९ दिनमा ३ खर्ब पुग्यो, खर्चको गति भने अझै सुस्त
सरकारको आम्दानी लक्ष्यअनुसार, ३ महिना ९ दिनमा ३ खर्ब पुग्यो, खर्चको गति भने अझै सुस्त


काठमाडौं। सरकारले लक्ष्यअनुसार आम्दानी बढाए पनि खर्चको गति बढाउन सकेको छैन। तीन महिना ९ दिनमा बिभिन्न शीर्षकमा ३ खर्ब रुपैयाँ जम्मा गरेको छ। राजस्व अनुदान लगायत सबै शीर्षकको प्राप्ति ३ खर्ब पुगेको हो। 

Tata
GBIME
NLIC

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबारसम्ममा सरकारको कुल प्राप्ति २ खर्ब ९९ करोड २९ लाख पुगेको छ। चालु वर्षमा सरकारले कुल १२ खर्ब १४ अर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य लिएको छ।

हाल सम्मको प्राप्तिमा सरकारले कुल लक्ष्यको २४.६३ प्रतिशत प्रगति गरेको छ। सोहीअनुसार प्राप्ति गर्दै गएमा सरकारले लक्ष्य भेट्ने देखिएको छ।

सरकारले मंगलबारसम्म राजस्व शीर्षकमा २ खर्ब ४७ अर्ब प्राप्ति गरेको छ। गैरकर शीर्षकमा २६ अर्ब ५१ करोड संकलन भएको छ। यस्तै अन्य शीर्षकमा २५ अर्ब १९ करोड संकलन गरेको छ। 

खर्चतर्फ भने सरकारको गति अझै सुस्त देखिएको छ। चालुतर्फ १ खर्ब ९५ अर्ब खर्च भएको छ। यस्तै विकास खर्च १५ अर्ब र वित्तीय व्यवस्थातर्फ ३३ अर्ब  खर्च भएको छ।