BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते, १२% बोनस सेयरको एजेण्डा, सञ्चालकको चुनाव

२०७८ कात्तिक १०

काठमाडौं। नेपाल बंगलादेश बैंक (एनबी) ले लाभांश पारितको एजेण्डासहित साधारणसभा डाकेको छ। बैंकले मंसिर २ गतेका लागि साधारणसभा डाकेको हो।

Tata
GBIME
Nepal Life

बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्ने छ। बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ। बैंकले घोषणा गरेको लाभांश पाँच वर्षयताकै उच्च हो।

बैंकले पछिल्लो १० वर्षमा ३३ प्रतिशतसम्म लाभांश दिएको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।  

सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट ३ गरी ६ जना नयाँ सञ्चालक चयन गर्ने छ। बैंकको साधारणसभामा मर्जर तथा प्राप्ति सम्बन्धि कुनै पनि एजेण्डा छैन। बोनस सेयर वितरणपछि चुक्ता पुँजी १० अर्ब ८० करोड रुपैयाँ पुग्ने छ।