BIZMANDU
www.bizmandu.com

विवादास्पद कार्यकारी अध्यक्ष नियुक्तिबारे पर्यटनमन्त्रीले भने- ‘कर्मचारीको माग अनुसार ल्याएँ’

२०७८ कात्तिक ९

विवादास्पद कार्यकारी अध्यक्ष नियुक्तिबारे पर्यटनमन्त्रीले भने- ‘कर्मचारीको माग अनुसार ल्याएँ’
विवादास्पद कार्यकारी अध्यक्ष नियुक्तिबारे पर्यटनमन्त्रीले भने- ‘कर्मचारीको माग अनुसार ल्याएँ’

काठमाडौं। पर्यटनमन्त्री प्रेम आलेले कर्मचारी संघको माग अनुसार नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल पर्यटन बोर्डले मंगलबार गरेको स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन्। निगमको अर्थ विभागमा रहँदा महिला कर्मचारीमाथि दुर्ब्यवहार गरेर आन्तरिक रुपमा मिलापत्र गरिएका अधिकारीलाई सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

अधिकारीको नियुक्तिपछि पर्यटनमन्त्री आलेको समेत आलोचना भएको छ। आलेले आफू आएको २४ घण्टा नबित्दै निगममा १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाएको बताउँदै कर्मचारी युनियनको मागका आधारमा अध्यक्ष नियुक्त गरिएको जिकिर समेत गरे।

उनले निगमको बैठक बसेर थन्किएर बसेका दुई वटा जहाज समेत संचालनमा ल्याउने जानकारी दिए। आलेले निजी कम्पनीसँग साँठगाँठ गरेर निगमलाई कमजोर नबनाउने समेत स्पष्ट पारे।