BIZMANDU
www.bizmandu.com

नबिल बैंक र सुर्खेतको बराहताल गाउँपालिकाबीच समझदारी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने

२०७८ कात्तिक ९

नबिल बैंक र सुर्खेतको बराहताल गाउँपालिकाबीच समझदारी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने
नबिल बैंक र सुर्खेतको बराहताल गाउँपालिकाबीच समझदारी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने


काठमाडौं। नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

साझेदारीमार्फत गाउँपालिकाले स्थानीय तहमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बताइएको छ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकावासीहरुको समेत उपस्थिति रहेको बैंकले जनाएको छ। 
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ सुरु गरेको थियो। सरकारको दिगो विकास लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको जनाएको छ। 

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा उपलब्ध गराउन थालिसकेको जनाएको छ। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासका लागि १७ वटा दुर्गम शाखाहरुबाट नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको जनाएको छ।