BIZMANDU
www.bizmandu.com

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक, नारा पनि परिवर्तन, अब ‘सर्वे भवन्तु सुखिनः’

२०७८ कात्तिक ९

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक, नारा पनि परिवर्तन, अब ‘सर्वे भवन्तु सुखिनः’
सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक, नारा पनि परिवर्तन, अब ‘सर्वे भवन्तु सुखिनः’


काठमाडौं। नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान बनाउने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो मूल नारा 'सर्वे भवन्तु सुखिनः' समेत राखेको छ। 

Tata
GBIME

नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा अनावरण गरेका हुन्। 

अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने बताए। कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे।

१० वर्षभन्दा बढी समयदेखि जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका झाले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता भएको बताए। उनले नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’अर्थात ‘सबै सुखी हुन्’ का साथ सुभारम्भ गरेकाले कम्पनीले उचाइ हासिल गर्ने बताए। 

झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने भन्दै कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने बताए। 

प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता भएको बताए।