BIZMANDU
www.bizmandu.com

४६९ रुपैयाँ तिरेर सोनी लिभको मासिक प्याकेज नेपालमै किन्न सकिने, वालेटबाटै गर्न मिल्छ भुक्तानी

२०७८ कात्तिक ८

४६९ रुपैयाँ तिरेर सोनी लिभको मासिक प्याकेज नेपालमै किन्न सकिने, वालेटबाटै गर्न मिल्छ भुक्तानी
४६९ रुपैयाँ तिरेर सोनी लिभको मासिक प्याकेज नेपालमै किन्न सकिने, वालेटबाटै गर्न मिल्छ भुक्तानी

काठमाडौं। भारतको लोकप्रिय ओभर दि टप (ओटीटी) प्लाटफर्म सोनी लिभको प्रिमियम सब्स्क्रिप्सन नेपालमा पनि किन्न मिल्ने भएको छ। 

Tata
GBIME
Nepal Life

लक्की ग्रुपको टेलिनेटले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै यो ओटीटी प्लाटफर्म नेपाल भित्र्याएको हो। ग्राहकले यसको प्रिमियम सब्सक्रिप्सनका लागि इसेवा, खल्ती र आइएमइ पेबाट भुक्तानी गरेर सोनी लिभ प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। 

करसहित मासिक ४५९ रुपैयाँमा ग्राहकले यो सेवा खरिद गर्न सक्ने जनाएको छ। यस्तै वार्षिक एकमुष्ट तिरेर सेवा लिनेले १२ महिनाको २३९९ रुपैयाँ मात्र तिर्नुपर्नेछ। भारतमा यो प्याकेजको मासिक शुल्क २९९ भारु (करिब ४७८ रुपैयाँ) हाराहारी वार्षिक प्याकेजको ९९९ भारु (करिब १५९८ रुपैयाँ) रहेको छ।

नेपाली उपभोक्ताहरुले आफ्नो मोबाइल नम्बर दर्ता गरेर सोनी लिभको प्याकेज किन्न सक्नेछन्।