BIZMANDU
www.bizmandu.com

विश्वको उत्कृष्ट रोजगारदाता कम्पनीमा सामसङ, दोस्रोमा आइबीएम, यी हुन टप २० कम्पनी

२०७८ कात्तिक ८

विश्वको उत्कृष्ट रोजगारदाता कम्पनीमा सामसङ, दोस्रोमा आइबीएम, यी हुन टप २० कम्पनी
विश्वको उत्कृष्ट रोजगारदाता कम्पनीमा सामसङ, दोस्रोमा आइबीएम, यी हुन टप २० कम्पनी


काठमाडौं। विश्वको उत्कृष्ट रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ।

Tata
GBIME
NLIC

विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार छनोटमा परेका कम्पनीहरुलाई सामसङले उछिनेको छ।

छनोटमा परेका विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिष्पर्धामा सामसङ पहिलो भएको हो। फोर्ब्सको छनोटमा परेका शीर्ष २० कम्पनीहरुमा सामसङपछि दोस्रो स्थान आइवीएमले लिन सफल भएको छ।

यस्तै माइक्रोसफ्ट, एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, वीएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा.वेइटेकर, डासल्ट र डेल्टा कम्पनी परेका छन्।