BIZMANDU
www.bizmandu.com

तीन महिनामा वाणिज्य विभागमा २ सय ५६ नयाँ फर्म भए दर्ता, ९ सय ७ फर्म खारेजीमा परे

२०७८ कात्तिक ८

तीन महिनामा वाणिज्य विभागमा २ सय ५६ नयाँ फर्म भए दर्ता, ९ सय ७ फर्म खारेजीमा परे
तीन महिनामा वाणिज्य विभागमा २ सय ५६ नयाँ फर्म भए दर्ता, ९ सय ७ फर्म खारेजीमा परे


काठमाडौं। चालु  आवको तीन महिनामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा २ सय ५६ नयाँ फर्म दर्ता भएको छ। गत आर्थिक वर्षको तीन महिनामा विभागमा करिब ७ सय १२ नयाँ फर्म दर्ता भएको थियो।

Tata
GBIME
Nepal Life

यो वर्ष विभागमा नयाँ फर्म दर्ता कम रहेको विभागका आइटी अफिसर सागरकुमार साउदले बताए। हाल विभागमा दर्ता भएको २ सय ५६ वटा नयाँ फर्म आयातका लागि दर्ता भएका हुन्।

यी कम्पनीमार्फत विदेशबाट खाद्यान, लत्ताकपडा दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने उनको भनाइ छ। पछिल्लो समय विभागमा व्यवसाय तथा फर्म नवीकरण गर्नेको संख्या बढ्न थालेको छ। नयाँ फर्म दर्ता गर्ने भन्दा नवीकरण गर्नेको संख्या बढी छ।

चालु आवको तीन महिनामा ५२ सय ९६ नवीकरण भएको छ। गत वर्ष करिब २६ सय ९ वटा व्यवसाय तथा फर्म नवीकरण भएको थियो।विभागले गत वर्षदेखि फर्म तथा व्यवसाय दर्ता तथा नवीकरण नगर्नेलाई जरिवानासहित कारबाही सुरु गरेको थियो।

विभागमा १६ सय ४७ फर्म संशोधन भएका छन। गत वर्ष सोही अवधिमा ८ सय ३२ फर्म संशोधन भएका थिए। यो वर्ष करिब ९ सय ७ फर्म खारेजी भएको छ। गत वर्ष सोही अवधिमा २ सय ५६ वटा फर्म खारेजी भएका थिए।