BIZMANDU
www.bizmandu.com

१९ जिल्लामा आरटीडीएफबाट पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, जडान छुट भएमा ३० दिनभित्र जानकारी

२०७८ कात्तिक ८

१९ जिल्लामा आरटीडीएफबाट पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, जडान छुट भएमा ३० दिनभित्र जानकारी
१९ जिल्लामा आरटीडीएफबाट पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, जडान छुट भएमा ३० दिनभित्र जानकारी



काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषबाट १९ वटा जिल्लाहरुको ब्रोडब्याण्ड इन्टरनेट जडान छुट भएमा ३० दिनभित्र जानकारी गराउन आग्रह गरेको छ। 

Tata
GBIME
NLIC

प्राधिकरणले ती जिल्लाहरुका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट जडान भएको जनाएको छ। 

कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा वर्ल्डलिंकले ठेक्का पाएको थियो। बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दी, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा टेकमाइण्ड्सले काम सकेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले सेवा जडान तथा सञ्चालन भएका यी जिल्लाहरुमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न आग्रह गरेको छ।