BIZMANDU
www.bizmandu.com

निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सनको चार वर्षमा छलाङ कारोबार, अर्ब ऋण, ३३ करोड कारोबार

२०७८ कात्तिक ८

निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सनको चार वर्षमा छलाङ कारोबार, अर्ब ऋण, ३३ करोड कारोबार
निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सनको चार वर्षमा छलाङ कारोबार, अर्ब ऋण, ३३ करोड कारोबार


काठमाडौं। निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले पछिल्लो चार वर्षमा कारोबार बढाउँदै लगेर ३३ करोड ९६ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्ष कम्पनीको कारोबार २३ करोड ८२ लाख रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले चार वर्षअघि ३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसपछि बढाएर १० करोड ११ लाख रुपैयाँ पुर्‍याएको थियो। सन् १९८९ मा स्थापना भएको कम्पनीले निर्माणको काम गर्न बैंकबाट ऋण लिएको छ। कम्पनीले कुल ९७ करोड ८३ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ।

रेटिङ एजेन्सी इक्राका अनुसार, कोषमा आधारित ऋण थोरै छ। गैरकोषमा आधारित ७९ करोड ११ लाख रुपैयाँ छ। बाँकी कोषमा आधारित हो। गैर कोष भनेको बैंक ग्यारेन्टीलगायत हो।

कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ मात्र छ। यसमा तीन जनाको सेयर स्वामित्व छ। ७० प्रतिशत लगानी ध्रुवप्रसाद रिजालको छ। उनी प्रबन्ध निर्देशक पनि हुन्। अध्यक्ष प्रमिला आचार्य रिजालको २० प्रतिशत र बाँकी १० प्रतिशत विकास सुवेदीको लगानी छ।