BIZMANDU
www.bizmandu.com

निरन्तर ओरालो लागेको बजारलाई राहत: २७ अंकमाथि पुग्यो, कारोबार रकममा भने खासै सुधार छैन

२०७८ कात्तिक ७

काठमाडौं। केही दिनदेखि निरन्तर ओरालो लागेको बजारमा साताको पहिलो दिन रौनक देखिएको छ। कारोबार रकममा खास सुधार नभए पनि सूचक साढे २७ अंकले बढेर बन्द भएको छ।

Tata
GBIME
NLIC

सूचक २५८४ अंकमा पुगेको छ। दिनभरीमा २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ब्यापारबाहेक सबै सूचक हरियो भएको छ।

बढेको बजारमा बेष्ट फाइनान्स र रिडी हाइड्रोको सेयरमा सर्किट लागेको छ। ब्याज दर बृद्धिको आतङ तत्काललाई सकिएको कारणले बजार बढेको अनुमान सेयर ब्रोकरहरुको छ। यद्यपी निरन्तर घटिरहँदा एउटा बिन्दुमा पुगेर बढ्ने प्रबृत्ति अनुसार पनि बजार बढेको हुनसक्ने उनीहरुको बुझाइ छ।

दिनभरीमा सबैभन्दा बढि कारोबार आइसीएफसी फाइनान्सको १५ करवड ९१ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि एनआइसी एसिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।