BIZMANDU
www.bizmandu.com

तीन महिनामा १०७ विदेशी उद्योगको २४ अर्ब लगानी स्वीकृत, ७ हजारभन्दा बढी रोजगारी सिर्जना हुने

२०७८ कात्तिक ७

काठमाडौं। उद्योग विभागले चालु आर्थिक वर्षको ३ महिनामा एक सय ७ वटा विदेशी लगानी स्वीकृत गरेको छ। कोभिड प्रभाव कम भएसँगै विदेशी लागानी प्रस्तावमा वृद्धि भैरहेको हो।

Tata
GBIME

विभागले १ सय ७ उद्योगबाट २४ अर्ब लगानी स्वीकृत गरेको हो। ३ महिनामा स्वदेशी तथा विदेशी गरी ८७ वटा उद्योग दर्ता भएका छन्। जसबाट कुल लगानी प्रस्ताव १ खर्ब २२ अर्ब बराबरको छ। 

यी उद्योगहरु सबै सञ्चालनमा आए ७ हजार १ सय ९५ जनाले रोजगारी प्राप्त गर्ने उल्लेख छ। यो अवधिमा ९ सय १० वटा नयाँ ट्रेडमार्क दर्ता भएका छन्। यसैगरी प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गर्नेको संख्या १४ वटा रहेको छ। 

यस्तै तीन महिनामा दर्ता भएका उद्योगहरुमा ठूला उद्योग २६ वटा मझौला उद्योग ३४ वटा र साना उद्योग २७ वटा रहेका छन्।