BIZMANDU
www.bizmandu.com

विश्वकै शक्तिशाली मानिने चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान

२०७८ कात्तिक ६

विश्वकै शक्तिशाली मानिने चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान
विश्वकै शक्तिशाली मानिने चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान

काठमाडौं। चिनियाँ जनमुक्ति सेना अन्तर्गतको वायु सेनामा पहिलो पटक दुई जना महिला पाइलटहरु प्रवेश गर्न सफल भएका छन्। चेन तिएनचाङ र हान जियायिङ चिनियाँ जनमुक्ति सेनाको पहिलो महिला पाइलट बनेका हुन्।

Tata
GBIME
Nepal Life

गत जुन महिनामा एयर फोर्सको अधययन पुरा गरेर उनीहरुले दिक्षान्त हासिल गरेका थिए। उनीहरु हाल चीनको दक्षिणपश्‍चिम क्षेत्रमा रहेको एभिएसन ब्रिगेडको ७७ औं ग्रुप आर्मीमा छन्।

४० लाख भन्दा धेरै संख्यामा रहेको विश्वकै शक्तीशाली सेना मध्येको एक चिनियाँ सेनामा पहिलोपटक महिला पाइलटले काम गर्न लागेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।