BIZMANDU
www.bizmandu.com

हिरोको नयाँ माएस्ट्रो एज ११० सार्वजनिक, मूल्य २ लाख १५ हजार रुपैयाँ, यस्ता छन् विशेषता

२०७८ कात्तिक ४

हिरोको नयाँ माएस्ट्रो एज ११० सार्वजनिक, मूल्य २ लाख १५ हजार रुपैयाँ, यस्ता छन् विशेषता
हिरोको नयाँ माएस्ट्रो एज ११० सार्वजनिक, मूल्य २ लाख १५ हजार रुपैयाँ, यस्ता छन् विशेषता

काठमाडौं। हिरो मोटोकर्पले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। ‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन रहेको कम्पनीको दाबी छ।

Tata
GBIME
Nepal Life

युवाहरूलाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र  आधुनिक प्रविधिको संयोजन स्कुटरमा छ।यो स्कुटरमा एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर,  आइ ३ एस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसन रहेको कम्पनीले जनाएको छ। यो स्कुटरको मूल्य २ लाख १५ हजार रुपैयाँ छ।

हिरो मोटोकर्पका ग्लोबल विजनेश प्रमुख संजय भानले युवापुस्तालाई लक्षित गरेर बनाइएको बताउँदै प्रविधि र डिजाइनमा उत्कृष्ट रहेको जिकिर गरे। हिरो मोटोकर्पको वितरक नेपाल जनरल मार्केटिङले यो स्कुटर बेच्नेछ।

यो स्कुटर ११० बीएस ४ अनुसारको  ११० सीसी इन्जिन र जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ। जुन अधिकमत ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम रहेको कम्पनीको दाबी छ।