BIZMANDU
www.bizmandu.com

नेपालमा सार्वजनिक हुँदै महिन्द्राको तीन पाङ्ग्रे विद्युतीय रिक्सा ‘ट्रियो’, यस्तो छ विशेषता

२०७८ कात्तिक ४

नेपालमा सार्वजनिक हुँदै महिन्द्राको तीन पाङ्ग्रे विद्युतीय रिक्सा ‘ट्रियो’, यस्तो छ विशेषता
नेपालमा सार्वजनिक हुँदै महिन्द्राको तीन पाङ्ग्रे विद्युतीय रिक्सा ‘ट्रियो’, यस्तो छ विशेषता


काठमाडौं। महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेडले विद्युतीय रिक्सा ट्रियो सार्वजनिक गर्ने भएको छ। कम्पनीले व्यवसायिक सवारीसाधन अन्तर्गत यो इ-रिक्सा सार्वजनिक गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

नयाँ रेन्जको यो इ-रिक्शामा अत्याधुनिक 'अथलम' प्रविधि जडान गरिएको उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले जनाएको छ। यो इ-रिक्सा अग्नि समुह अन्तर्गतको अग्नि इनर्जीले बिक्री गर्छ।

यो इ-रिक्साले विश्वव्यापी रुपमा तीन पाङ्ग्रे सवारीसाधन क्षेत्रमा परिवर्तन ल्याउने कम्पनीले दाबी गरेको छ। जेरो एमिस प्रविधि अन्तर्गत रहेको यो रिक्सा मार्फत चालक र यात्रुले आर्थिक बचत, उत्कृष्ट प्रस्तुति, आरामदायी लगायतको विशेषता लिन सक्ने कम्पनीले जनाएको छ।

रिक्सामा विन्ड स्क्रिनिङ वाइपर, स्पेयर व्हिल प्रोभिजन, तीनवटा ड्राइभिङ मोड (लो,मिडीयम,हाइ), लकेबल ग्लोभ बक्स, ग्राब ह्याण्डल, १२ भोल्टको सकेट, हजार्ड इन्डिकेटर लगायत सुविधा समावेश गरिएको छ।

यो विद्युतीय रिक्सामा ३६ महिना वारेन्टी रहेको उत्पादक कम्पनीले जनाएको छ। ४८ भोल्टको लिथियम आयोन ब्याट्री जडान गरिएको रिक्सा भेरियन्ट अनुसार न्युनतम अढाई घण्टा देखि अधिकतम साढे तीन घण्टामा फुल चार्ज हुन सक्ने कम्पनीले जनाएको छ।

डाइरेक्ट ड्राइभ ट्रान्समिसन जडान गरिएको रिक्साको न्यूनतम टर्क १९ रहेको छ भने अधिकतम टर्क क्षमता ३० रहेको कम्पनीले जनाएको छ। भेरियन्ट अनुसार रिक्शामा हाइड्रोलिक र मेकानिकल ब्रेक जडान गरिएको छ।

ट्रियो अन्तर्गत ट्रियो-एसएफटी, ट्रियो-एचआरटी, ट्रियो यारी-एसएफटी र ट्रियो यारी-एचआरटी लगायत चारवटा भेरियन्ट रहेका छन्।

महिन्द्रा ट्रियो

 

 

भेरियन्ट

ट्रियो-एसएफटी

ट्रियो-एचआरटी

ट्रियो यारी-एसएफटी

ट्रियो यारी-एचआरटी

 

इ-अटो

सवारीसाधनको वर्ग

एल फाइभ एम-अटो

विद्युतीय रिक्सा

 

सिट क्षमता

ड्राइभर सहित तीन जना

ड्राइभर सहित चार जना D + 4 Seater

 

भेहिकल डाइमेन्सन वेट

लम्बाई चौढाइँ उचाई(एमएम)

२७४६ x १३५० x १७५०

२७४६ x १३५० x १७५७

२७४६x ९९५ x १७५०

२७४६ x ९९५ x १७५७

 

व्हिल बेस(एमएम)

२०५०

 

टर्निङ रेडियस (मिटर)

२.९

 

वजन(केजी)

३४०

३५०

२६५

२७५

 

प्रस्तुति

टप स्पीड(प्रति घण्टा)

४५

२४.५