BIZMANDU
www.bizmandu.com

फेसबुकले आगामी साता भित्र आफ्नो नाम रिब्राण्डिङ गर्दै, मेटाभर्स निर्माणमा ध्यान केन्द्रित

२०७८ कात्तिक ३

फेसबुकले आगामी साता भित्र आफ्नो नाम रिब्राण्डिङ गर्दै, मेटाभर्स निर्माणमा ध्यान केन्द्रित
फेसबुकले आगामी साता भित्र आफ्नो नाम रिब्राण्डिङ गर्दै, मेटाभर्स निर्माणमा ध्यान केन्द्रित


काठमाडौं। फेसबुकले आगामी हप्ता आफ्नो नाम रिब्रान्डिङ गर्ने योजना सार्वजनिक गरेको छ। आफ्नो नाम 'मेटाभर्स' मा केन्द्रित हुँदै गएको सन्देश दिन फेसबुक नाम फेर्ने तयारीमा जुटेको छ। 

Tata
GBIME
Nepal Life

फेसबुकका सिईओ मार्क जुकरबर्गले अक्टोबर २८ मा आयोजना हुने कम्पनीको वार्षिकोत्सव समारोहमा नाम परिवर्तन बारे महत्वपुर्ण धारणा सार्वजनिक गर्ने बताइएको छ। अक्टोबर २८ अघिनै पनि नयाँ नाम सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ। 

मेटाभर्स इन्टरनेटको भर्चुअल रियालिटी भर्सन हो जसलाई टेक जायन्टहरुले भविष्यको संज्ञा दिने गरेका छन्। फेसबुकका सिईओ मार्क जुकरबर्गले सिलिकन भ्यालीमा मेटाभर्सको आइडिया नेतृत्व गरिरहेका छन्। मेटाभर्सले भौतिक संसार र डिजिटल दुँनियाबीच रहेको रेखालाई अझ पातलो बनाउने विश्वास फेसबुकको छ। 

यो प्रविधिले उदाहरणका लागि भर्चुअल रियालिटी चस्माको मद्दतले जोकोहीसँग नजिकै बसेर फेस-टु-फेस बोलिरहेको अनुभव प्रदान गर्ने बताइएको छ। इन्टरनेटको सहायताले हजारौं किलोमिटरको दूरीमा रहेका भौतिक शरीरलाई नजिक्याउन सहज हुने अपेक्षा फेसबुकको छ। 

फेसबुकका अनुसार मेटाभर्स निर्माणले क्रियटिभ, सामाजिक र आर्थिक अवसरको पहुँच निर्माणको सम्भावना रहेको जनाएको छ। फेसबुकले  सोमबार १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको थियो। युरोपियन युनियनमा मेटाभर्स निर्माण गर्न फेसबुकले उक्त संख्यामा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो।