BIZMANDU
www.bizmandu.com

सुन थोरै महँगियो, मूल्य तोलामा एक सयले बढेर पुग्यो ९१ हजार चार सय, चाँदीमा पनि झिनो वृद्धि

२०७८ कात्तिक ३

काठमाडौं। सुनको मूल्य थोरै वृद्धि हुँदै तोलाको ९१ हजार चार सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार यसको प्रतितोला मूल्य एक सय रुपैयाँले बढ्दै कारोबार मूल्य तोलाको ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने महासंघले सुनचाँदीको नयाँ मूल्य निर्धारण गरेको थिएन। 

चाँदीको मूल्यमा पनि बुधबार १० रुपैयाँको सामान्य वृद्धिका साथ तोलाको एक हजार २३५ रुपैयाँ कायम भएको छ। गत सोमबार भने यो एकैदिन तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय २५ रुपैयाँ पुगेको थियो।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७७४.३० अमेरिकी डलर र चाँदी प्रतिऔंस २३.८२ डलरमा कारोबार भइरहेको छ।