BIZMANDU
www.bizmandu.com

केसलिया खोलाको बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान ठप्प

२०७८ कात्तिक ३

केसलिया खोलाको बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान ठप्प
केसलिया खोलाको बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान ठप्प

विराटनगर। केसलिया खोलाको बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएको छ। विमानस्थलमा पानी भरिएपछि उडानहरू रोकिएका छन्। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सवराज खरेलका अनुसार विमानस्थलको अधिकांश भाग जलमग्न छ।

Tata
GBIME
Nepal Life

रनवेदेखि कर्मचारी र सुरक्षाकर्मीका क्वार्टरसम्मै पानी पसेको छ।

प्रमुख खरेलले भने, ‘तर यस पटकको पानीमा लेदो देखिएको छैन। त्यसैले पानी सुकेपछि धूलो हटाउन धेरै मेहनत गर्नु नपर्ला।’ यसअघि २०७४ को बाढी विमानस्थलमा पस्दा लेदोसहितको पानी थियो।

जसका कारण लेदो सफा गरेर विमानस्थल खुलाउन ७ दिन काम गर्नुपरेको थियो।