BIZMANDU
www.bizmandu.com

आउटडोर टेरेससहित संचालनमा आयो याक एण्ड यतीको चिम्नी रेष्टुरेण्ट, १८ महिनापछि संचालनमा

२०७८ कात्तिक १

आउटडोर टेरेससहित संचालनमा आयो याक एण्ड यतीको चिम्नी रेष्टुरेण्ट, १८ महिनापछि संचालनमा
आउटडोर टेरेससहित संचालनमा आयो याक एण्ड यतीको चिम्नी रेष्टुरेण्ट, १८ महिनापछि संचालनमा

काठमाडौं। होटल याक एण्ड यतीले कोभिड-१९का कारण बन्द रहेको चिम्नी रेष्टुरेण्टमा नयाँ आउटडोर टेरेस विस्तार गर्दै पुनः संचालनमा ल्याएको छ। १८ महिनादेखि बन्द भएको यो ऐतिहासिक रेष्टुरेण्ट आइतबारबाट संचालनमा ल्याइएको होटलका बिक्री तथा बजार निर्देशक सागर चन्द्र वान्तवा राईले बताए।

Tata
GBIME
Nepal Life

सरकारले विदेशी पर्यटक आवगमनका लागि थप सहज वातावरण बनाइदिएसँगै चिम्नी संचालनमा ल्याइएको उनले जानकारी दिए। 'होटलले सन् २०१९ मा आउटडोर टेरेस तयार गरेको थियो। तर कोभिडका कारण निषेधाज्ञा जारी भएसँगै चिम्नी कक्ष र टेरेस तर्फको सेवा बन्द गरिएको थियो। हिजोबाट हामीले चिम्नी रेष्टुरेण्ट र टेरेस संचालनमा ल्याएका छौँ।' निर्देशक राईले भने।

रेष्टुरेण्टमा आन्तरिक र विदेशी दुवै पाहुनालाई एकै स्तरको सेवा प्रदान गर्ने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार रेष्टुरेण्टमा इटालियन, अमेरिकी, ग्रिल्स लगायतको परिकार पाइनेछ। 

४४ वर्ष देखि संचालनमा रहेको चिम्नी रेष्टुरेण्ट पहिलो विदेशी फाइन डाइनिङ रेष्टुरेण्ट रहेको होटलले जनाएको छ।

होटलका अनुसार चिम्नी रेष्टुरेण्टमा पाहुनाले हरेक दिन दिउँसो १२:०० बजेदेखि राती १०:०० बजेसम्म सेवा लिन सक्नेछन्। रेष्टुरेण्टमा पाहुनाले चिम्नी कक्ष, आउटडोर अलफ्रेस्को टेरेसमा वेष्टर्न र एसियन कुजिन सँगै सिग्नेचर बेभरेजको सेवा लिन सक्ने होटलले जनाएको छ।