BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले सार्वजनिक गर्‍यो अटम अफर, ५९९ रुपैयाँमै महिनाभर अनलिमिटेड भ्वाइस सेवा

२०७८ कात्तिक १

नेपाल टेलिकमले सार्वजनिक गर्‍यो अटम अफर, ५९९ रुपैयाँमै  महिनाभर अनलिमिटेड भ्वाइस सेवा
नेपाल टेलिकमले सार्वजनिक गर्‍यो अटम अफर, ५९९ रुपैयाँमै महिनाभर अनलिमिटेड भ्वाइस सेवा

काठमाडौं। नेपाल टेलिकमले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर सार्वजनिक गरेको छ। कात्तिक एकदेखि लागू हुने गरी टेलिकमले ९० दिनलाई अटम अफर सार्वजनिक गरेको छ। 

Tata
GBIME
Nepal Life

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर 

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने बताइएको छ। यो अफर खरिद गरेपछि ग्राहकले २९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा एड-अन प्याक खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।   

प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ। जसमा ग्राहकको मेन व्यालेन्सको रकम नकाटिने टेलिकमले जनाएको छ। ग्राहकहरुले ६४ केबिपिएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-एन प्याक किन्न सक्ने टेलिकमले जनाएको छ। 

यसैगरी, अटम अफरमा ग्राहकहरुले ३० दिनसम्म प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटाको प्याक ५९९ रुपैयाँमा किन्न सक्ने बताइएको छ। अफर खरिद गरेपश्चात् ग्राहकहरुले २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड-अन प्याक किन्न सक्ने टेलिकमले जनाएको छ। 

यो प्याकेजमा प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डेटा उपलब्ध गराउने बताइएको छ। सोभन्दा बढी गतिको सेवा लिन चाहेमा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याक खरिद गर्न सक्ने बताइएको छ।

सजिलो अनलिमिटेड पोष्टपेड ७९९ अफर 
७९९ रुपैयाँ पर्ने यो प्याकेजमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट म्यासेज, ५० मिनेट अफनेट भ्वाइस र ५० वटा अफ नेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ। प्रतिदिनका लागि उपलब्ध एक जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोष्टपेड ५९९ रुपैयाँ अफरमा उपलब्ध रहेको बताइएको छ। 

सजिलो अनलिमिटेड पोष्टपेड ९९९ अफर 
९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट म्यासेज पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफनेट भ्वाइस र १०० वटा अफनेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ। प्रतिदिनका लागि उपलब्ध दुई जीबी डेटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ रुपैयाँ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 

सजिलो अनलिमिटेड पोष्टपेड १४९९ अफर
१४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट म्यासेस, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफनेट भ्वाइस र २०० वटा अफनेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ। प्रतिदिनका लागि उपलब्ध चार जीबी डेटा सकिएमा सजिलो अनलिमिटेड पोष्टपेड ५९९ रुपैयाँ अफरमा उल्लिखित एडअन प्याक खरिद गर्न सकिने बताइएको छ। 

सस्तो प्रिपेड कम्बो प्याक 
टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट म्यासेज  २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
५९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ। यो प्याक खरिद गरेका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाएमा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड-अन प्याक किन्न सकिने बताइएको छ।