BIZMANDU
www.bizmandu.com

भारतमा टाटाको माइक्रो एसयुभी ‘टाटा पन्च’को बिक्री सुरु, यस्तो छ विशेषता

२०७८ कात्तिक १

भारतमा टाटाको माइक्रो एसयुभी ‘टाटा पन्च’को बिक्री  सुरु, यस्तो छ विशेषता
भारतमा टाटाको माइक्रो एसयुभी ‘टाटा पन्च’को बिक्री सुरु, यस्तो छ विशेषता

भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सले सोमबारबाट माइक्रो एसयुभी सेगमेन्टको 'टाटा पन्च'को बिक्री सुरु गरेको छ। सन् २०२० को अटो एक्स्पोमा प्रदर्शनमा राखिएको यो गाडीको बिक्री सोमबारदेखि सुरु भएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो माइक्रो एसयुभीले कम्प्याक्ट ह्याचब्याक सेगमेन्ट अन्तर्गत रहेका मारुती सुजुकीको इग्निस, स्विफ्ट, हुण्डाइको ग्र्याण्ड आइ १० नियोस, महिन्द्रा केयुभी १०० लगायतका गाडीसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले गत सेप्टेम्बर १ तारिखमा यो गाडीको आवरण तस्विर सार्वजनिक गरेको थियो। यो गाडीमा तीनवटा एरो प्याटर्नमा टेल लाइट जडान गरिएको छ। गाडीमा हाइ सेट रियर बम्पर, रुफ माउन्टेड स्टप ल्याम्प, ब्ल्याक क्लाडिङ लगायत विशेषता जडान गरिएको छ।

गाडीको अगाडिको भाग हेर्दा सफारीको सानो मोडल 'बेबी सफारी' जस्तै देखिने कम्पनीले जनाएको छ।

अल्फा-आर्क (एगिल लाइट फ्लेक्जिवल एडभानस्ड आर्किटेक्चर) प्लाटफर्ममा उत्पादन गरिएको यो गाडीमा इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज समावेश गरिएको छ।

बोल्ड र स्टाइलिस आवरण समावेश गरिएको यो गाडीमा अत्याधुनिक प्रविधी जडान गरिएङ्को कम्पनीले जनाएको छ। गाडीमा प्रोजेक्टर हेडलाइट्स, एलइडी डिआरएल, १६ इन्चको डायमोण्ड कट अलोइ व्हिल, एलइडी टेल ल्याम्प, फक्स रुफ रेल्स लगायत जडान गरिएको छ।

गाडीको क्याविन भागमा तालकले नौलो अनुभुति लिन सक्ने कम्पनीले जनाएको छ।

गाडीको आन्तरिक भागमा एप्पल कारप्ले र एण्ड्रोइड अटो सहितको टच स्क्रिन डिस्प्ले समावेश गरिएको छ। ग्लोवल एनसिएपीबाट फाइभ स्टार रेटीङ पाइसकेको यो गाडी सुरक्षित रहेको कम्पनीको दाबी छ।

१.२ लिटर रिभोट्रोन पेट्रोल इन्जिनयुक्त गाडीमा एएमटी (अटोमेटेड म्यानुअल ट्रान्समिसन) युनिट सहित पाँच स्पिड म्यानुअल गियर बक्स जडान गरिएको छ। गाडीमा छ हजार आरपिएम(रिभोलुसन पर मिनेट)मा ८४ बिएचपी(ब्रेकिङ हर्स पावर) र ३३ सय आरपिएममा एक सय १३ एनएम शक्ति वहन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो क्षमता आल्ट्रोज र टियागोको बराबर रहेको छ।

३८ सय २७ एमएम लम्बाई, १७ सय ४२ एमएम चौढाइ र १६ सय १५ एमएम उचाई रहेको गाडीको व्हिल बेस २४ सय ४५ एमएम रहेको छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स एक सय ८७ एमएम रहेको छ।