BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको तीन शाखारहित बैंकिङ सेवा, पुग्यो २६० शाखा

२०७८ असोज ३१

ग्लोबल आइएमई बैंकको तीन शाखारहित बैंकिङ सेवा, पुग्यो २६० शाखा
ग्लोबल आइएमई बैंकको तीन शाखारहित बैंकिङ सेवा, पुग्यो २६० शाखा

काठमाडौं। ग्लोबल आइएमई बैंकले तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

यी तीनसहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ। 

पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दीपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यो सेवाबाट ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,रेमिट्यान्स सेवा लिने, डिसहोम र एनटीसीको महशुल भुक्तानी तथा मोबाइल रिचार्ज गर्न सकिन्छ।